रोशी सहकर्मी–साउन ४,
२०७७,काभ्रे/

आफ्नै ८० वर्षिय श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेलम्ची नगरपालिका १३ छाप भञ्ज्याङका ७७ बर्र्षीय भैरबसिँह तामाङ छन् । तामाङले आफ्नै ८० बर्षकी बुद्धिमाया तामाङको खुकुरी प्रहार गरि हत्या गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिए ।

तामाङले खुकुरी प्रहार गरि हत्या गरेको र घर भन्दा ५० मिटर अगाडि जङ्गलमा टाउको लुकाएको अवस्थामा फेला पारेको बताए । अहिले प्रहरी घटना स्थलमा अनुसन्धान गरीरहेको र अभियुक्त लाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरी निरीक्षक तामाङ्ले जानकारी दिए । घटना के कारणले भयो भन्ने खुलेको छैन ।

Facebook Comments