रोशी सहकर्मी–साउन ४,
२०७७,मेलम्ची/

मेलम्चीमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । आज साँझ प्रदेश नम्बर ३–०२–००८ प ४३२८ नम्बरको मोटरसाइकल र बिपरित दिशा बाट आएको बा २२ प ८०५५ नम्बरको मोटरसाइकल ठोक्किदा काभ्रे घर भएका ३१ बर्सिय अशोक सापकोटा र मेलम्ची १ का राजु नेपाली घाइते भएको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले जानकारी दिए ।

तत्कालै घाइते दुवैको मेलम्ची प्राथमिक स्वास्थ केन्द्रमा लगिएको र प्राथमिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको तामाङले जानकारी दिए । दुवै सवारी तिब्र गतिमा चलाएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box