रोशी सहकर्मी–साउन ४,
२०७७,काभ्रे/

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्वर्गीय बुबाको निधनप्रति श्रद्धान्जली र संमवेदना दिने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । आज सामाजि संजालमा एक संदेश जारी गर्दै उनले यस्तो लेखेका हुन् । उनले आफ्नो परिवारलाई संवेदना दिनुहुने ईष्टमित्र साथीभाई विशिष्ट व्यक्तिहरु, कर्मचारी सार्थीहरू पत्रकार लगायतका सबै महानुभावप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

कुलमान घिसिङका बुबा कृपासिंङ घिसिङको गत साउन २१ गते राती ९८ बर्षको उमेरमा निधन भएको थियो । रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी कृपासिंह घिसिङ टोल सुधार समिति डहुको संरक्षक समेत रहेका थिए ।

Facebook Comments