रोशी सहकर्मी–साउन ५,
२०७७,काभ्रे/

जिल्लाको पाँचखाल नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा संलग्न हुन चाहनेहरुलाई निवेदन माग गरेको छ । नगरपालिकाले एक सुचना जारी गर्दै आर्थिक वर्ष २०७७÷०७८ मा न्युनतम रोजगारीमा संग्न भई सार्वजनिक विकास निर्माणको काममा योगदान दिन ईच्छुक वेरोजगार व्यक्तिहरुलाई आफ्नो वडा कार्यलयमा निवेदन दिन अनुरोध गरेको छ ।

नगरपालिकाले कृषि जन्य उत्पादनबाट वर्षमा ३ महिना खान नपुग्ने, बसोबासकालागी आफ्नै घर नभएको परिवारका सदस्य, एकल महिला घरमुली भएको परिवारका सदस्य, दलित, अल्पसंख्यक वा लोपोन्मुख परिवारका सदस्य, बार्षिक न्युनतम रोजगारी वापत प्राप्त हुने पारिश्रमिक भन्दा कम नगद आय भएको परिवारका सदस्य, शहिद तथा बेपत्ता परिवारका सदस्यहरुलाई रोगजारमा पहिलो प्राथमिकता दिने बताएको छ ।

ईच्छुक व्यक्तिहरुले २०७७, साउन ८ गते देखि भदौ ७ गते भित्र आफ्नो नजिकैको वडा कार्यलयमा निवेदन दिन पनि नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box