रोशी सहकर्मी/बनेपा
केहि दिन देखी काभ्रे जिल्लाको बनेपामा फोहर व्यवस्थापन विषयमा विवाद भईरहेको छ । बनेपा नगरपालिका र स्थानीय बीच फोहर व्यवस्थापनको लागि फोहर जलाउने जापानीज प्रविधिको मेशिन राख्ने ठाउँको विषयमा विवाद भैरहेको छ । उक्त विवाद चुलिदै गएपछि बनेपा नगरमा रहेको राजनीतिक दलहरूको प्रतिनिधिहरूको संयुक्त बैठम सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरका प्रतिनिधि बाहेकले उक्त स्थान फोहर व्यवस्थापनका लागि उपयुक्त नभएको भन्ने मत आएको छ । जसमा नेपाली कांग्रेस बनेपा नगरका सभापति राम जोशी, राष्ट्रिय प्रजातन्त्रक पार्टी संयुक्तका नगर अध्यक्ष राहित बादे, समाजवादी पार्टी नेपालका नगर प्रतिनिधि रोहित पवन कारञ्जीत, नेकपा माओवादी क्रान्तिकारीका नगरप्रतिनिध रौरभराज कायस्थ, नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष त्रिरत्न मानन्धर, राष्ट्रिय जनता पार्टी नेपालका नगर अध्यक्ष श्याम प्रसाद सेवाचार्य, विवेकशिल पार्टीका नगरप्रतिनिधि विजय लामा र रा.प्र.पा. नेपालका नगर अध्यक्ष अनन्त प्रसाद दाहालको संयुक्त हस्ताक्षर गरी अपिल गरेका छन् ।
उक्त अपिलमा वातावरण र सामाजिक परिक्षण नगरी उक्त मेशिन नराख्नु भनि अनुरोध गरीरहदा पनि वडा कार्यालयलाई समेत जानकारी नदिई दुईतिहाईको दम्बको भरमा प्रहरी प्रशासनसहित बल प्रयोग गरी दमन कार्य भएको प्रति सम्पूर्ण बनेपाका राजनीतिक दल ध्यानाकार्षण गर्दै भर्तसना गरेको उल्लेख गरिएको छ । उक्त अपिलमा उक्त स्थान फोहर व्यवस्थापनको लागि उचित हो की हैन प्राविधिक रिपोर्ट विना उक्त स्थानमा फोहर जलाउने मेशिन नराख्न अपिल गरिएको छ । उक्त स्थानमा पानीको मुहान, बस्तिको नजिक भएको र अन्तराष्ट्रिय साँस्कृतिक भवन निर्माण स्थल भएकोले स्थानीयको स्वास्थ्यलाई ध्यानमा राखी निर्णय लिनको लागि अपिल पनि गरिएको छ । सोमबार भएको प्रहरी दमन लगायत शक्तिको दुरुप्रयोग गरी भएको झडपमा परी घाईतेहरूको सम्पूर्ण उपचार खर्च दिलाई त्यस्ता कार्य नगर्न नगराउन पनि अपिल गरिएको छ । उक्त अपिल बिहिबार जिल्ला प्रशासन कार्यालय काभ्रेमा पेश गर्ने तयारी भैरहेको नेपाली कांग्रेसका नगर सचिव मेहश कर्मचार्यले जनाएको छ ।
बनेपा नगरपालिकाले उक्त मेशिन बनेपा नगरपालिका वडा नं. ९ स्थित ठकुरी गाउँमा नगरपालिकाकै जग्गामा राख्ने निर्णयप्रति स्थानीय असहमत भएको थियो । मंगलबार मेशिन राख्ने स्थान सम्याउनको लागि प्रहरीसहित डोजर उक्त स्थान तर्फ गएको थियो । त्यसक्रममा स्थानीय र प्रहरी बीच झडपको सिर्जना भएको थियो । उक्त झडपमा स्थानीय घाईते भएको थियो ।

Facebook Comments