रोशी सहकर्मी–साउन ५,
२०७७,ओखलढुङ्गा/

ओखलढुङ्गामा एक ७२ वर्षिय वृद्धले पनि कोरोना भाईरस जित्न सफल भएका छन् । पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि ओखलढुङ्गा सामुदायीक अस्पतालको आईसोलेसनमा राखिएका चारजना युवा, घरमा नै राखेर उपचार गरिएका ७२ वर्षिय बृद्धाको पुन परीक्षण गर्दा नेगेटिभ आएको हो ।

कोरोनालाई जितेर आज (सोमबार) घर फर्कनेहरुमा लिखु गाउँपालिका वडा नं. ४ का ३ जना र सुनकोशी गाउँपालिका वडा नं. ५ का १ जना पुरुष रहेका छन् । लिखु गाउँपालिका २ का ७२ वर्षिय पुरुषलाई भने घरमा नै राखेर उपचार गरिएको थियो । घरमा नै राखेर उपचार गरिएका बृद्धको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि लिखु गाउँपालिकाको वडा नं. २ सिहदेवीमा गरि सिल हटाईएको छ । संक्रमित बृद्धको सम्पर्कमा आएका अरुलाई कोरोना संक्रमण हुन सक्ने आसंकामा लिईएको स्वाबको परीक्षणमा लिखुका १ सय २५ जनाकै पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

यो सँगै ओखलढुङ्गा दोश्रो पटक कोरोना मुक्त जिल्ला भएको हो । कोरोमा मुक्त भएपछि चारै जना युवाहरुले आईसोलेसनमा बसाईको क्रममा आफुहरुलाई अस्पताल प्रशासनले राम्रो व्यबहार गरेको भन्दै धन्यवाद दिएका छन् ।

Facebook Comments