रोशी सहकर्मी–साउन ५,
२०७७,सिन्धुली/

जिल्लाको गोलन्जोर गाँउपालिका वडा नम्बर ७ नेकपाका वडा कमिटिका सचिब ४५ बर्षिय बिदुरप्रसाद देवकोटालाई बालिकालाई बलात्कार गरेको अभियोगमा आईतबार राती प्रहरीले पक्राउ गरेको छ । देवकोटाले सोही ठाँउकी १५ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका आफन्तले आईतबार दिउसो ईलाका प्रहरी कार्यालय खुर्कोटमा उक्त उजुरी दर्ता गराएका थिए । उजुरी पछि नेकपा नेता देवकोटालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

बालिकाले पेट दुख्यो भनेपछि आफन्तले शनिवार सुनकोशी मेडिकलमा जाँच गर्न ल्याएका थिए । स्वास्थ्य परिक्षणका क्रममा उनी गर्भवती भएको खुलेपछि बलात्कृत भएको घट्ना बाहिर आएको हो । ईलाका प्रहरी कार्यालयका ईन्चार्ज तथा प्रहरी निरिक्षक शान्ता वाईवाका अनुसार पक्राउ परेका देवकोटाले बालिकालाई २०७६ माघ महिनामा बलात्कार गरेको खुलेको छ ।

बालिका बलात्कारको अभियोगमा पक्राउ परेको देवकोटा खुर्कोटमै रहेको नेपाली चुलो होटलका सञ्चालक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोलन्जोर गाउँपालिका वडा नम्बर–७ का वडा कमिटीका सचिव समेत रहेका छन् । बलात्कारको घटना गाउँमा नै मिलाई दिन अभियुक्त देवकोटाले हारगुहार गरेको थिए । तर पिडित पक्ष नमानेको स्थानीयको भनाई छ ।

बलात्किृत बालिकाले घाँस काट्न जान नदिई जबर्जस्ती बलात्कार गरेको प्रहरी समक्ष बयान दिएकी छन् । अभियुक्त देवकोटाले बालिकालाई विभिन्न धाक धम्की र डर त्रास देखाएर कसैलाई पनि घटना बारेमा नबताउन दवाव दिइएको पिडित बालिकाले बताएकी प्रहरी निरिक्षक वाईवाले बताईन् । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments