रोशी सहकर्मी–साउन ६,
२०७७,पनौती/

नेपाली काँगे्रसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले काँगे्रस कठिन परिस्थितीमा रहेकाले गाउँगाउँमा संगठन विस्तार गर्न आम कार्यकर्तालाई अपिल गर्नुभएको छ । जिल्लाको पनौती नगरपालिकामा ३८ औं बीपी स्मृतिको अवसरमा बीपी बिचार समाजको कार्यालय उद्घाटन तथा बृक्षारोपण कार्यक्रममा बोल्नुहुँदै डा. रिजालले अब गफ भन्दा कामलाई प्राथमिकता दिनेलाई साथ दिन आग्रह गर्नुभयो ।

उहाँले काँगे्रस स्थापनाकालमा बीपीले गाउँगाउँसम्म पुगेर बनाएको संगठनले नै २०१६ सालमा पार्टीले दुई तिहाई बहुमत ल्याएको स्मरण गर्नुहुँदै अब पनि कठिइन परिस्थितीको सामाना गर्न पार्टीमा गफ गर्ने भन्दा काम गर्ने आवश्यक रहेका बताउनुभयो । उहाँले बीपीको बिचारलाई पुराना पञ्च र कम्युनिष्ट पार्टीले अपव्याख्या गरेकोमा आक्रोस पोख्नुहुँदै भन्नुभयो, उहाँहरुले जति सुकै अपव्याख्या गरेपनि बीपीको बिचार नै काँगे्रस भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँगे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, पूर्व राज्यमन्त्री कञ्चनचन्द्र बादे, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, नेता गणेश लामा, तीर्थ पसखल, बीपी बिचार समाजका अध्यक्ष प्रल्लाद केसी लगायतले बीपीका बारेमा बिचार राख्नुभएको थियो ।
कार्यक्रममा पनौती नगरपालिका वडा न ६ को गोरखनाथमा बृक्षारोपण गरिएको थियो ।

Facebook Comments