रोशी सहकर्मी–साउन ६,
२०७७,रामेछाप/

रामेछापमा आज दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा सुनापति गाउँपालिकाकी २६ वर्षीया महिला र दोरम्बा गाउँपालिकाका २५ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।

पछिल्लो पटक स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको ८ जनामध्ये आज (मंगलबार) आएको रिपोर्टमा एक महिला र एक पुरुष गरी दुई जनामा संक्रमण पुष्टि भएको निमित्त प्रमुख कर्णले जानकारी दिए ।
उनीहरु दुवै अहिले क्वारेन्टिनमा बसेका छन् । गत शुक्रबार सुनापति गाउँपालिकाका ४ र दोरम्बा गाउँपालिकाका ४ जनाको पीसीआर विधिबाट कारोना परीक्षणका लागि स्वाब पठाइएको थियो ।

यो संगै जिल्लामा ५ सय १७ जनाको पीसीआर र ८ सय ९२ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने ४ सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

Facebook Comments Box