रोशी सहकर्मी–साउन ७,
२०७७,काभ्रे/

३८ औँ विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बनेपा नगर समितिको आयोजनामा भएकोे खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नगर कार्य समितिले हरेक वर्ष सामाजिक उत्तरदायित्व बहन गर्दै विपीको विचारलाई अनुशरण गर्दै समाजकै लागि योगदान पुर्याउँदै आएको छ ।

कार्यक्रममा ७१ जनाले रक्तदान गरेका थिए । बनेपा स्थित पार्टी भेन्युमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस बनेपा नगर समितिका अध्यक्ष राम जोशी र जिल्ला कोषाध्यक्ष कृष्ण गोपाल भैलको प्रमुख आतिथ्यता थियो भने जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागितामा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

Facebook Comments Box