रोशी सहकर्मी-कार्तिक २२,
बल्थली,

हरिबोधनी एकादशीको अवसरमा पनौती नगरपालिका ११ बल्थलीमा रहेको लडकेश्वर मन्दिरमा भव्य मेला लागेको छ । काभ्रेको दक्षिण पूर्ब बल्थली गाउँ नजिकै रोशी नदीको किनारमा रहेको लड्केश्वर महादेबको मन्दिरमा हरेक साल हरिबोधनी एकादशीमा पूजा अर्चना सँगै वृहत मेला लाग्ने गरेको छ ।
धार्मीक किम्बदन्ती अनुसार द्धापर युगमा भगवान शिब हरिबोधनी एकादशी र माघे संक्रान्तीका दिन यस स्थानमा बास बस्ने बिश्वासका साथ हरेक बर्ष पूजा अर्चना गरी मेला भर्ने गरिएको छ । सामान्यतः शिब मन्दिरहरुमा सोमबार पुर्णिमामा मेला लाग्ने गरेता पनि बल्थलीमा रहेको लड्केश्वर महादेबको मन्दिरमा भने हरिबोधनी एकादशीका दिनमा मात्र ठूलो मेला लाग्ने गरेको स्थानीयहरुको भनाई छ । पर्यटकीय स्थलको सम्भवना भएता पनि प्रचारप्रसारको अभावमा ओझेलमा पदै आएको लड्केश्वरी मन्दिरमा पुगेर दर्शन गर्नले चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
विभिन्न राष्ट्रिय कलाकारहरुको समेत उपस्थितिमा कन्र्सट लगायत का कार्यक्रम समेत भएको थियो । जिल्लाको श्यामपाटी सिमलचौर, शंखु, नमोबुद्ध, भुग्देउ, पनौती, खोपासी, ढुर्खक, चलाल, बनेपा, धुलिखेल तथा छिमेकी जिल्ला भक्तपुर, सिन्धुली बाट दर्शनार्थीहरु आएका थिए ।
पछिल्लो समयमा नजिकका गाउँहरुमा नै रात्रीमा जाग्राम बसी भजन किर्तन, नाचगान गरेर आ–आफनो जात बिशेष गीत, सेलो, डम्फु, झाँक्री नाच्दै मादी सेलाउने चलन रहँदै आएको छ । बिशेषगरी बौद्ध धर्माबलम्बी मानिएका तामाङ समुदायले समेत यो दिनलाई धुमधामसँग मनाउने गरेका छन् ।

Facebook Comments Box