रोशी सहकर्मी–साउन ७,
२०७७,पनौती/

गत चैत ११ गते देखी बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका सार्वजनिक बस चल्न थालेका छन । बनेपा, पनौती, धुलिखेल, भकुण्डे, पाँचखाल लगायत क्षेत्रमा फाटफूट बस सञ्चालन हुन थालेका हुन् ।

ग्रामीण भेगमा भने अझै सार्वजनिक बस सञ्चालन हुन सकेका छैनन । यातायात प्रालीमा दर्ता भएका बस बाहेक अन्य बस सञ्चालनमा आएका छन । काभ्रे पुण्यवती प्रालिका अध्यक्ष राजेशसुन्दर सैजूले साउन ८ गतेबाट बस सञ्चालनमा ल्याउने गरी छलफल भइरहेको बताए । केही फाटफुट बस मर्मतका लागि सञ्चालनमा आएका छन । पूरै सञ्चालन भने साउन ८ गते (भोली) बाट मात्र हुन्छ, सैजूले भने ।

काभ्रेपलाञ्चोक जिल्लामा काभ्रे पुण्यवती, काभ्रे बस, हेलम्बु, हिमाल तराई, अरनीको, मयुर, साझा लगायतका यातायात सञ्चालनमा रहेका छन । सार्वजनिक यातायात सञ्चालन नहुँदा स्थानीयले निजी गाडीमा महङ्गो भाडामा यात्रा गर्न बाध्य थिए । ग्रामीण भेगमा भने खाद्यन्न, दूध, तरकारी बोक्ने ट्रकमा स्थानीयले असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता छ ।

Facebook Comments