यश कुमार परियार–साउन ७,
२०७७,काभ्रे/

काभ्रेका विभिन्न स्थानबाट मास्क नलगाई हिड्ने ३ सय २३ जनालाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई बुझाई छाडेको छ । कोरोना भाईरस अर्थात कोभिड १९ सर्नबाट बच्न अनिवार्य मास्क लगाउनु पर्ने अन्यथा कारवाहि हुने जिल्ला प्रशासन कार्यलयले उर्दी जारी गरेदेखि प्रहरीले नियमित कारवाहि गर्दै आएको छ । सोहि क्रममा आज काभ्रेका विभिन्न स्थानमा खटिएको प्रहरीले १ सय ५० जना पुरुष र १ सय ७३ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो ।

यसैबिच काभ्रेमा २७ कारोना संक्रमित मध्ये २५ जना निको भई घर फर्किसकेका छन् । भने २ जना आईसोलेसनमा उपचाररत रहेको र दुवैको अवस्था सामान्य रहेको जनस्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

काभ्रेका विभिन्न पालिकामा ८ सय ५१ वेड संख्याको क्वारेन्टाईन रहेको छ भने २७ वेडको आईसोलेसन वार्ड रहेको छ ।

Facebook Comments