यश कुमार परियार–कार्तिक २४,
भकुण्डे–नमोबुद्ध/

जिल्लाको नमोबुद्ध नगरपालिकाले आस्व २०७६/०७७ को प्रथम चौमासिक अवधिमा अनुमान गरे भन्दा बढि राजश्व संकलन गर्न सफल भएको छ । नमोबुद्ध नगरपालिकाले सभाहलमा आज प्रथम चौमासिक अवधिको समीक्षा कार्यक्रम गर्दै प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँईले जानकारी गराएका हुन् । नगरले प्रथम चौमासीक अवधिमा अनुमानीत राजश्व रु ४ करोड ७३ लाख ६५ हजार रहेकोमा ६ करोड १ लाख ३६ हजार ३ सय ५४ रुपौया संकलन गरेको छ । नगरपालीकाले अनुमान गरेभन्दा रु १ करोड २७ लाख ७१ हजार ३ सय ५४ रुपैँया संकलन गर्न सफल भएको छ । आर्थिक बर्षमा नगरले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेकोे छ । जसमा हेलिप्याड १, मन्दिर ४ वटा नयाँ र ३ वटा मर्मत, गुम्बा ३ वटा, चौतारा ६ वटा, पोखरी १५ वटा आयोजना सम्पन्न गरेको छ । नगरले ६ ठुला र १५ खानेपानी आयोजना सम्पन्न गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नगरले ३२९ जनालाई रोजगार दिएको थियो ।

नगर भित्र रहेका ७ हजार ६ सय ९८ भुकम्प लाभग्राहि मध्य ६ हजार ६५४ जनाले पहिलो किस्ता, ३ हजार ९७२ ले दोश्रो किस्ता र ३ हजार ९७२ ले तेश्रो किस्ता कापतको रकम लिएको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा नगर प्रमुख टि.पि. शर्मा तिमल्सिना, उपप्रमुख राम देवी तामाङ, शिक्षा शाखा प्रमुख जनार्धन रिजाल, नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसु नारायण श्रेष्ठ, विभिन्न वडाका जनप्रतिनिधि, नगरपालीकाका बिभिन्न शाखाका प्रतिनिधि तथा कर्मचारी साथै नगरवासीहरुको उपस्थित रहेको थियो । कुल क्षेत्रफल १०२ वर्गा कि.मि. रहेको नगरमा २०६८ को जनगणना अनुसार २९ हजार ५ सय १९ जनसंख्या रहेको छ । साक्षरता घरधुरी सर्वेक्षण २०७५ अनुसार ७३९५ घरधुरी रहेको नगरमा ११ वटा वडा रहेका छन् ।

Facebook Comments