रोशी सहकर्मी–साउन ९,
२०७७,काभ्रे/

धुलिखेल नगरपालिकाले बजार क्षेत्रमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उद्देश्यले बजार क्षेत्रमा जडान गरिएको सिसिटिभी जिल्ला प्रहरी कार्यालयले निगरानीले गर्ने गरी हस्तान्तरण गरिएको छ । बजारको विभिन्न क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने काम सम्पन्न भएपछि नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सिसी क्यामेरा विभिन्न शहरमा राखेको पाए पनि त्यसको अनुगमन, निगरानी र मर्मतसम्भार कहीँ पनि राम्रो नभएकाले त्यसको व्यवस्थापन र संरक्षण जिल्ला प्रहरी कार्यालयलाई जिम्मा दिएको उनले बताए ।

धुलिखेलको मुख्य बजारक्षेत्र हुँदै मुख्य सडक अरनिको र बिपी राजमार्ग, पनौती जाने सडकमा भए गरेका गतिविधिलाई निगरानी गर्दै शान्ति सुरक्षाको व्यवस्था गर्नमा सहयोग पुग्ने उनले बताए । चालु आवमा थप ३० स्थानमा सिसिटिभी जडान गरिने उनको भनाइ थियो ।

कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सिसीटिभी जडानको कार्यले अब धुलिखेल नगरपालिकालाई अपराधमुक्त नगरपालिकाका रूपमा स्थापित गर्न मद्दत पुग्ने बताए । नगरपालिकाको करिब रु १५ लाखमा नगरका विभिन्न १० स्थानमा सिसी क्यामेरा जडान गरेको र त्यसको निगरानी जिल्ला प्रहरी कार्यालयबाट भइरहेको जनाइएको छ । रासस

Facebook Comments Box