रोशी सहकर्मी–साउन १०,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ का किसानहरुलाई बाँदर भगाउन बाँदर भगाउने यन्त्र ‘मन्की एयर गन’ वितरण गरिएको छ । वडा अध्यक्ष राम मोक्तानका अनुसार वडामा बाँदरले अन्नवालीमा क्षती पुर्याउन थालेपछि किसानहरु चिन्तीत भएको कुरालाई मध्येनजर गरी वडा कार्यालयले एयर गन निःशुल्क वितरण गरिएको बताए ।

बाँदरले अन्नबाली खाएको किसानहरुले वडा कार्यलयमा गुनासो राखेपछि पहिलो चरणमा गन ५ थान गन वितरण गरिएको वडा अध्यक्ष मोक्तानले जानकारी दिए । ‘हामीले राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेकोे बाँदर धपाउने यो गन किनेर किसानलाई निःशुल्क वितरण गरेका हौं’ उनले भने ‘अहिले पहिलो चरणमा ५ थान गन वितरण गरेका छौँ, अब यस्ले राम्रो प्रतिफल दिएमा आवश्यकता हेरी फेरी वितरण गर्ने छौँ ।’

बाँदर धपाउने गन पाएपछि आफुहरु निकै खुसी भएको र केहि राहत पुगेको एक किसाले बताए । अन्न बालीमा बाँदरले क्षती गरेको र अब क्षती कम हुनेमा आफुहरु विश्वस्त रहेको स्थानियहरुको भनाई छ ।

Facebook Comments