रोशी सहकर्मी–साउन १०,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा स्थापना गरिएको क्वारेन्टाईनमा आज १ सय २१ जना रहेका छन् । विभिन्न मुलुकबाट फर्कने र कोरोना संभावित व्यक्तिहरुलाई राख्न बनाईएको क्वारेन्टाईनमा १ सय १० जना पुरुष र ११ जना महिला रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

जस मध्ये सबैभन्दा बढि रोशी गाउँपालिकामा १७ जना छन् भने सबै भन्दा कम बेथानचोक गाउँपाकिामा ५ जना रहेका छन् । खानीखोला, महाभारत र चौँरीदेउराली गाउँपालिकाको क्वारेन्टाईन भने खाली रहेको छ ।

जिल्लामा कोरोना संक्रमित २७ मध्ये २५ जना उपचार पछि निको भईसकेका छन् भने दुई जनाको आईसुलेसनमा उपचार भईरहेको छ ।

यसैबिच आज जिल्लाका विभिन्न स्थानमा मस्क नलगाई हिड्ने ३ सय ८ जनालाई प्रहरीले नियनत्रणमा लिई सम्झाई बुझाई छाडेको छ । जस मध्ये १७५ जना पुरुष र १ सय ३३ जना महिला रहेको पोष्टले जनाएको छ ।

Facebook Comments