रोशी सहकर्मी–साउन १२,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाँउपालिका वडा नम्बर १ मा संचालित नारायणटार बृहत खानेपानी आयोजनाले गती लिएको छ । हाल यस खानेपानी आयोजना मार्फत वडाको ६३ धारामा पानी आईपुगेको वडा अध्यक्ष श्रीदास लामाले जानकारी दिए । अहिले मुहानबाट ट्याङ्कीसम्म पानी ल्याउने काम सम्पन्न भएको वडा अध्यक्ष लामाले बताए ।

वर्षै देखि खानेपानीको समस्या भोग्दै आएका वडा बासी र आसपासका क्षेत्रमा समेत यस आयोजनाबाट आभान्वीत हुने छन् । वडा अध्यक्ष लामाका अनुसार आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय योजना आयोगबाट रु एक करोड आर्थिक सहयोग रहेको थियो ।

पानी जम्मा गर्न चार वटा ट्याङ्की बनाईएका छ । करिब आठ सय मिटर टाढाको मुहानबाट पानी ल्याएर ट्याङ्कीमा पानी जम्मा गरिएको वडा अध्यक्ष लामाले बताए । यो खानेपानी आयोजनाबाट वडा नम्बर १ र २ गरेर करीब ३ सय घरधुरी लाभान्वीत हुने छन् । अहिले वडाका स्थानीयवासीहरु घरघरमै खानेपानी आउन थाले पछि खुसी भएका छन् ।

Facebook Comments