रोशी सहकर्मी–साउन १२,
२०७७,काभ्रे/

काभ्रे कोशीपारी भुम्लु गाउँपालिकाको एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ८ को क्वारेन्टाईनमा रहेका सोहि वडाका ३२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

साउन ३ गते साउदी अरबबाट नेपाल आएका ती पुरुषको धुलिखेल अस्पतालमा स्वाव संकलन गरी पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको डा. झाले जानकारी दिए । संक्रमित पुरुषलाई धुलिखेल अस्पतालको आईसोलेसन वार्डमा राखी उपचार भईरहेको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने त्यसमध्ये २५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ३ जनाको उपचार भईरहेको डा. झाले बताए ।

Facebook Comments