रोशी सहकर्मी–कार्तिक २३,
शिखर/

रोशी गाँउपालीका वडा नं २ नारायण स्थानमा प्रसुती गृह भवन तथा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । रोशी गाउँपालीका अभ्यक्ष डि.बि. लामाले एक कार्यक्रमका बिच शिखर आम्बोटे स्वास्थ्य चौकीमा बनेको प्रसुती भवनकोे उद्धघाटन गरेका हुन् । रोशी गाउँपालीकाको ६ लाख ४० हजार, स्विजरल्याण्डको “बेबी मसाज अकोर्डिङ टु द मेथोड” नामक संस्थाका प्रतिनिधि डा. नाज्मा सेल्भर श्रेष्ठ द्धारा १५ लाख, हामी महिला नामक संस्थाबाट १ लाख ५३ हजार २ सय ९५ र व्यक्तिगत तर्फबाट रोशी २ नारायणटारका लाल बहादुर लामाबाट रु १ लाख गरी रु २३ लाख ९३ हजारमा उक्त भवन बनेको हो ।
भवन उद्धघाटन गर्दै गाँउपालीका अध्यक्ष डि.बि. लामाले रोशी गाँउपालीका वडा नं २ मा रहेका महिलाहरुलाई प्रसुतीको निमीत्त धुलिखेल बनेपा धाउनुपर्ने बाध्यतालाई मध्य नजर गरी उक्त भवन निमार्ण भएको बताए । “मानव जिवनमा सबै भन्दा आवश्यक तत्व शिक्षा र स्वास्थ्य हो, यसको परिपूर्ति गर्न रोशी गाँउपालिका सदैव साथ रहने छ ।”– लामाले भने । उनले बिकास र परिवर्तन सोच्ने बितिकै हुदैन, त्यसको लागी स्थानीय सरकार, समुदाय, सरोकारवाला निकाय, संध संस्थाको सहयोगको आवश्यकता पर्ने बताए ।
कार्यक्रममा बोल्दै बेबी मसाज अकोर्डिङ टु द मेथोड नामक संस्थाका प्रतिनिधि डा. नाज्मा सेल्भर श्रेष्ठले यस भेगका महिलाहरुको स्वास्थ्य अवस्था, भौगोलीक अवस्थालाई ध्यानमा राखेर सहयोग गरेको बताए । शान्ति जन आदर्श सेवा केन्द्र धुलिखेलका अध्यक्ष शंख बुद्ध लामाले “स्वास्थ्य र शिक्षा अनिवार्य साथै अपरिहार्य पक्ष हो, जसको कुनै पनि सिमा हुदैन” भन्दै शिखरमा प्रसुती गृह निर्माण गर्न शान्ति जन आदर्श सेवा केन्द्रले पनि सहयोग गरेको र निरन्तर गरिरहने बताए । कार्यक्रम रोशीगाँउपालीका २ का वडा अध्यक्ष पोते लामाको सभापतित्वमा भएको थियो ।

Facebook Comments Box