रोशी सहकर्मी–कार्तिक २३,
बनेपा/

राहत शिक्षकहरुको जिल्ला भेलाले चित्र प्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसमा सह–अध्यक्ष सुमन तिमल्सिना, उपाध्यक्ष विष्णु प्रसाद चौलागाई, महिला उपाध्यक्ष कल्पना खड्का, सचिव रविन मैनाली, सह–सचिव मोहन बहादुर गौतम, कोषाध्यष श्रीकृष्ण अधिकारी, सह–कोषाध्यक्षमा मन मोहन अधिकारी सहित २३ सदस्य रहेको कार्यसमिति चयन गरेको हो ।
समितीमा जिल्ला भरिका प्रत्यक स्थानीय तहबाट कम्तिमा १ जना राहत शिक्षक समावेस गरिएको निवर्तमान अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेले जानकारी दिए । निवर्तमान अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सेवा आयोगको परिक्षाबाट विभिन्न तहहरुमा स्थायी हुन सफल जिल्ला भरिका राहत शिक्षकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल राहत शिक्षक समितिका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने केन्द्रिय उपाध्यक्ष अम्बीका प्रसाद दाहाल, केन्द्रिय उप–महासचिब डम्बर राई लगाएत बिभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नेपाल लाईफ ईन्स्योरेन्स काभ्रेले राहत शिक्षकहरुलाई बधाई तथा सम्मान समेत गरेको थियो ।

Facebook Comments Box