यश कुमार परियारसाउन १३,
२०७७,काभ्रे/

जिल्लाको विकट खानीखोला गाउँपालिकामा झाडापखालाबाट ग्रसीत एक किशोरीको उद्धारमा ढिलाई हुँदा मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खुलालका अनुसार वडा नं ६ सतभैयाको १७ बर्षीय रञ्जिता थोकरको ज्यान गएको हो ।

मृत्यु भएको थोकर ४/५ दिन अघि देखि झाडापखालाले ग्रसीत थिईन् । उनको स्थानिय स्वास्थ्य संस्था सालधारमा उपचार गराईएको थियो । तर लगातार स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उद्धारका लागी पालिकाका अध्यक्ष खुलालले हेलिकप्टर पठाइदिन जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएका थिए ।

लगातारको वर्षा सँगै गाउँपालिकाको सबै सडक मार्गहरु बन्द भएपछि हेलिकप्टर बोलाईएको भएपनि मौसम खराबीका कारण हेलिकप्टर समयमा पुग्न सकेन । मौसम खराबी भएपछि हेलिकप्टर आएर वडा नं ४ मा बसेको र पछि मौसम सफा भएपछि विरामी भएको स्थानमा पुग्दा किशोरीको मृत्यु भईसकेको पालिका अध्यक्ष कृष्ण बहादुर खुलालले बताए । मृतक किशोरीको शव परिवारलाई जिम्मा लगाईएको पालिका अध्यक्ष खुलालले जानकारी दिए ।

Facebook Comments