रोशी सहकर्मी–कार्तिक २३,
बनेपा/

केहि दिन देखी काभ्रे जिल्लाको बनेपामा फोहर व्यवस्थापन विषयमा विवाद भईरहेको छ । बनेपा नगरपालिका र स्थानीय बीच फोहर व्यवस्थापनको लागि फोहर जलाउने जापानीज प्रविधिको मेशिन राख्ने ठाउँको विषयमा विवाद भैरहेको छ ।
यसैक्रममा शनिवार वडा बासीले ¥याली निकालेका थिए । बनेपा वडा न ९ का वडा अध्यक्ष शेरबहादुर सुवालको नेतृत्वमा विभिन्न प्लेकार्ड सहित बनेपा बजार परिक्रममा गरेका थिए । उनीहरुले घाईतेका उपचार हुनुपर्ने, फोहोर राख्ने मिसिन अन्यत्र राख्नुपर्ने, राजनीतिक पूर्वग्रहका आधारमा अगाडि बढ्न नहुने लगायतका नारा सहित बजार परिक्रममा परेका थिए ।
यस भन्दा अगाडि बनेपा नगरमा रहेको राजनीतिक दलहरूको प्रतिनिधिहरूको संयुक्त बैठक बसेको थियो । उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपा नगरका प्रतिनिधि बाहेकले उक्त स्थान फोहर व्यवस्थापनका लागि उपयुक्त नभएको भन्ने मत आएको छ । जसमा नेपाली कांग्रेस बनेपा नगरका सभापति राम जोशी, राष्ट्रिय प्रजातन्त्रक पार्टी संयुक्तका नगर अध्यक्ष राहित बादे, समाजवादी पार्टी नेपालका नगर प्रतिनिधि रोहित पवन कारञ्जीत, नेकपा माओवादी क्रान्तिकारीका नगरप्रतिनिध रौरभराज कायस्थ, नेपाल मजदुर किसान पार्टीका नगर अध्यक्ष त्रिरत्न मानन्धर, राष्ट्रिय जनता पार्टी नेपालका नगर अध्यक्ष श्याम प्रसाद सेवाचार्य, विवेकशिल पार्टीका नगरप्रतिनिधि विजय लामा र रा.प्र.पा. नेपालका नगर अध्यक्ष अनन्त प्रसाद दाहालको संयुक्त हस्ताक्षर गरी अपिल गरेका छन् ।

Facebook Comments