रोशी सहकर्मी–साउन १४,
२०७७,रामेछाप/

रामेछापमा कोरोना विरुद्ध सचेतना फैल्यउन मास्क वितरण अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप र जिल्ला प्रहरी कार्यालय रामेछापको आयोजनामा सो अभियान सुरु भएको हो । अभियान अन्तर्गत आज जिल्ला सदरमुकाम मन्थलीमा र्याली सहित मास्क वितरण गरिएको छ ।

बजारमा मास्क नलगाई निस्किएकालाई मास्क वितरण गरी कोरोनाबाट बच्न मास्क लगाउन अनुरोध गरिएको छ । अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले लापरबाही गरेर मास्क नलगाई हिँड्नेलाई अब प्रशासनले कारवाही गर्ने बताएका छन ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोनाबाट बच्न एउटै मात्र उपाय मास्कको प्रयोग र व्यक्तिगत दुरी कायम गर्ने भएकाले त्यसमा ध्यान दिन अनुरोध गरेक छन ।

Facebook Comments