रोशी सहकर्मी–साउन १४,
२०७७,रामेछाप/

रामेछाप जिल्लामा हाल सम्म कोरोना संक्रमित भएका २५ जना मध्ये २३ जना उपचार पछि घर फर्किएका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णका अनुसार २ जना भने आईसोलेसनमा उपचार गराईरहेका छन् ।

यसैगरी रामेछापका ३० जनाको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकि रहेको छ । हिजो स्वाब संकलन गरिएको मन्थली नगरपालिकाका १४ जना, गोकुलगंगा गाउँपालिकाका १२ जना र बुधबार स्वाब सङ्कलन गरिएको गोकुलगंगा गाउँपालिकाका ४ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको उनले जानकारी दिए ।

यो संगै कोरोना परीक्षणका लागि जिल्लामा ५ सय ६० जनाको स्वाब सङ्कलन गएिको छ । उनिहरु मध्ये ५ सय ५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

Facebook Comments