रोशी सहकर्मी–साउन १४,
२०७७,सिन्धुपाल्चोक/

पछिल्लो चरणमा कोरोना भाइरस समुदायमा फैलने खतरा बढ्दै गएपछी हेलम्बु गाउँपालिकाले गाउँपालिकामा कार्यरत कर्मचारीको कोरोना बिमा गरेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष लगायत सम्पुर्ण स्थानीय जनप्रतिनिधि, गाउँपालिकामा कार्यरत जनप्रनितिधि, शिक्षक तथा सहयोगी कर्मचारी गरि तीन सय ५२ जनाको गाउँपालिकाले कोरोना बिमा गरेको हो ।

आइएमइ जनरल इन्स्योरेन्स कम्पनि लिमिटेड मार्फत गरिएको उक्त बिमाको अवधि आगामि चैत्र मसान्तसम्म कायम रहने छ । यस अवधिभित्र बिमितको पिसिआर रिपोर्ट पोजेटिभ आइ संक्रमण पुष्टिभएमा कम्पनिले एक लाख प्रदान गर्ने गरि आवधिक बिमा गरिएको आइएमइ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ अधिकृत शुशिला घिमिरेले जानकारी दिनुभयो ।

Facebook Comments