अशोक बुद्ध लामा- कार्तिक २३,
रोशी,

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रमको चौथो दिन आज (शनिवार) वडा नम्बर ९ मा ३२ जनाले लिएका छन् । रोशी गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा वडा नम्बर १२ देखि शुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आज(शनिवार) ९ नं वडामा सम्पन्न भएको हो । रोशी गाउँपालिका उपअध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा कुल ३२ जना मध्ये क वर्गका १५ जना, ख वर्गका १५ जना र ग वर्गका २ जनामा परिचय पत्र बितरण गरिएको सहकर्मी अशोक बुद्ध लामाले जनकारी दिएका छन् ।

Facebook Comments