रोशी सहकर्मी–साउन १५,
२०७७,काभ्रे/

रोशी गाउँपालिकाले पालिका भित्र सञ्चालित विद्यलयहरुमा कार्यरत शिक्षकहरुको आर.डि.टी. परिक्षण गराउने भएको छ । आज गाउँपालिकामा भएको अध्यक्षस्तरीय बैठकले काभ्रेपलाञ्चोक जिल्ला भन्दा बाहिरका शिक्षकहरुको आर.डि.टि. परिक्षण गराउने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

गाउँपालिकाले जिल्ला बाहिरका शिक्षकहरुलाई अनिर्वाय आर.डि.टि. परिक्षण गर्नु भनेको छ । विद्यालयमा कार्यरत शिक्षहरुले आफ्नो कार्यक्षेत्र फर्कानु अघि स्वास्थ्य शाखाको समन्वयमा आर.डि टि.परिक्षण गर्न सक्ने प्रमुख दाहालले जानकारी दिए ।

साथै परिक्षणको नतिजाको आधारमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, वडाका जनप्रतिनिधिहरु र स्वास्थ्य शाखाको समन्वयमा होम क्वारेन्टाईन वा गाउँपालिकाको क्वारेन्टाईनमा १४ दिन सम्म राख्न सकिने पनि प्रमुख दाहालले जानकारी दिएका छन् ।

Facebook Comments