रोशी सहकर्मी–साउन १५,
२०७७,काभ्रे/

काभ्रेमा अब २ जना मात्र कोरोना संक्रमित रहेका छन । हिजो मण्डानदेउपुर नगरपालिका वडा नं ७ का २९ वर्षिय पुरुष कोरोना मुतm भई डिस्चार्ज भए सँगै काभ्रेमा कोरोनाका बिरामी २ जना मात्र रहेको जिल्ला कामाण्ड पोष्टले जनाएको छ । यो सँगै काभ्रेमा कोरोना संक्रमित २८ जना मध्ये २६ जना कोरोनामुक्त भएका छन् । हाल जिल्लामा सक्रिय संक्रमित दुबै जनाको आइसोलेसनमा उपचार भईरहेको र उनिहरुको स्वास्थ्य अबस्था सामान्य रहेको पोष्टले जनाएको छ ।

हाल जिल्लाको विभिन्न स्थानिय तहमा ८ सय ५१ बेडको क्वारेन्टाईन रहेको छ भने क्वारेन्टाईनमा बस्नेको संख्या ७२ जना पुरुष र ८ जना महिला गरि ८० जना रहेका छन । यसै गरि जिल्लामा २७ बेडको आईसोलेसन कक्ष रहेको छ ।

यसै बिच जिल्लाको विभिन्न स्थानमा मक्स नलगाई हिन्ने ३३९ जनालाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई बुझाई पठाएको छ । जस मध्ये १ सय ५४ जना पुरुष र १ सय ८५ जना महिला रहेका छन् ।

Facebook Comments