रोशी सहकर्मी–साउन १६,
२०७७,काभ्रे/

रोशी गाउँपालिकाको मङलटार स्वास्थ्य चौकीमा आज १८ वर्ष मुनिका अपाङ्कता भएका वालवालिकाहरुको लागि आयोजित स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोशी गाउपालिकाको आयोजनामा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको सहकार्यमा सञ्चालन भएको उक्त शिविरमा ६२ जना वालवालिकाले स्वास्थ्य परिक्षण गराएको गाउँपालिकाका स्वास्थ्य संयोजक गंगा लाल श्रेष्ठले जानकारी दिएका छन ।

जसमा रोशी गाउँपालिका, तेमाल गाउँपालिका र सिन्धुली जिल्लाका समेत गरि ६२ जना वालवालिकाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिएका छन । श्रेष्ठका अनुसार शिविरमा नियमित उपचार गराउदै आएका र केही नया वालवालिकाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

सोही क्रममा कोरोना भाईरस बारे सचेतना र हरेक वालवालिकाहरुलाई स्वास्थ्य किट १/१ पाकेट वितरण गरेको स्वस्थ्य संयोजक श्रेष्ठले जानकारी दिएका छन । रोशी गाउँपालिका भित्र हाल सम्मको तथ्याङ्क अनुसार १२७ जना शारिरीक रुपमा अपाङ्गता भएका वालवालिकाहरु रहेका छन ।

Facebook Comments