यश कुमार परियार–साउन १६,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुष बनेपा नगरपालिका ९ घर भई साउदीबाट फर्किएका ३१ बर्षिया पुरुष रहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए । संक्रममित पुरुष बुडोलमा रहेको नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा बनाईएको क्वारेन्टाइनमा बस्दै आएक थिए । संक्रमित पुरुषलाई बनेपाको शिर मेमोरियल अस्पताल लैजाने तयारी भईरहेको डा. झाले जानकारी दिए ।

यो सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या २९ पुगेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या २७ पुगेको छ । अहिले काभ्रेका विभिन्न स्थानिय तहको क्वारेनटाइनमा ६० पुरुष र ८ जना महिला गरी जम्मा ६८ जना बसिरहेका छन् ।

यसैबिच जिल्लाका विभिन्न स्थानमा माक्स नलगाई हिन्ने १५ जना पुरुष र ५ जना महिलालाई एक सय रुपैँया जरिवाना समेत गरिएको छ । बाँकी १ सय ७५ जना पुरुष र १ सय ४५ जना महिला गरी ३ सय २० जनालाई प्रहरीले नियन्त्रणमा लिई सम्झाई बुझाई छाडेको जिल्ला कमाण्ड पोष्ले जनाएको छ ।

Facebook Comments