रोशी सहकर्मी–साउन १६,
२०७७,रामेछाप/

रामेछाप जिल्लामा कारोना संक्रमित भएका मध्ये २३ जना उपचार पछि निको भएका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णका अनुसार २ जना संक्रसित भने उपचाररत रहेका छन् । यसैगरी रामेछापमा ६४ जनाको पीसीआर परीक्षण रिपोर्ट आउन बाँकि छ ।

विभिन्न समयमा स्वाब संकलन गरि कोरोना परीक्षणका लागि पठाइएका ६४ जनाको रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै कोरोना परीक्षणका लागि जिल्लामा ५ सय ९४ जनाको स्वाब सङ्कलन गएिको छ ।

जिल्लाको विभिन्न पालिकाहरुको क्वारेन्टिनमा अहिले ८ जना महिला र ५७ जना पुरुष गरि ६५ जना रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments