अशोक बुद्ध लामा/ कार्तिक २४,
रोशी,

जिल्लाको रोशी गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिहरुको परिचय पत्र वितरण कार्यक्रमको पाँचौ दिन आज (आईतबार) वडा नम्बर ८ मा ३१ जनाले लिएका छन् । रोशी गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको समन्वयमा वडा नम्बर १२ देखि शुरु गरिएको अपाङ्गता परिचय पत्र वितरण तथा नविकरण कार्यक्रम आज (आईतबार) ८ नं वडाको वडा कार्यलयमा वितरण गरिएको थियो । रोशी गाउँपालिका उपाअध्यक्ष लक्ष्मी बर्तौला (उप्रेती) को संयोजकत्वमा कुल ३१ जना मध्ये क वर्गका ११ जना, ख वर्गका ८ जना, ग वर्गका ६ जना र घ वर्गका ६ मा परिचय पत्र बितरण गरिएको सहकर्मी अशोक बुद्ध लामाले जनकारी दिएका छन् । त्यस्तै भोलि २५ गते रोशी ७ कटुन्जेमा अपाङ्गता परिचय वितरण कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख प्रज्वाला राइको जानकारी दिइन् । परिचय वितरण कार्यक्रममा नाङशाल एशोसिएसन नेपालका अध्यक्ष दिनेश लामा, कार्यकारी निर्देशक गुणराज मोक्तान, परियोजनाको कार्यक्रम संयोजक बिमला सापकोटाको उपस्थिती रहेको थियो । हिजोको परिचय पत्र वितरण कार्यक्रममा वडा नं ९ मा ३२ जना लाभान्वित भएका छन् ।

Facebook Comments