
रोशी सहकर्मी-साउन १९,
२०७७,काभ्रे/
जिल्लाको १३ वटा स्थानीय तहहरुलाई तत्काल विद्यालय संञ्चालन नगर्न् भन्ने जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाईले आग्रह गरे सँगै रोशी गाउँपालिकाले पनि पालिका भित्र सञ्चालित समुदायीक तथा संस्थागत विद्यालयहरुले तत्काल कक्षा संञ्चालन नगर्न आग्रह गरेको छ । हिजो एक सुचना जारी गर्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाडले कोभिड १९ को संक्रमण अझै कायमै रहेकाले सरकारबाट अर्को निर्णय नभए सम्मका लागी विद्यालयहरुले कक्षा संञ्चालन तत्काल नगर्न भनिएको छ ।
विद्यालयहरुले कक्षा संञ्चालन नगरे पनि बैकल्पीक प्रणालीबाट विद्यार्थीको सिकाईलाई सहजिकरण गर्न सकिने बताउँदै शिक्षक, अभिभाबक, विद्यालय व्यबस्थापन समितिकाका पदाधिकारी साथै सम्बन्धित सबै सरोकारवालाहरुमा सोही आनुसार गर्न गराउन पनि गाँउपालिकाले आग्रह गरेको छ ।