रोशी सहकर्मी साउन १९,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको बनेपा नगरपालिका– ६ स्थित गोसाइँकुण्डमा भक्तजनको भिड लागेको छ । कोरोना संक्रमणको त्रासबीच पनि सयौँ श्रद्धालु दर्शनका लागि गोसाइँकुण्ड पुगेका हुन् । रसुवाको गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनहरूरु बनेपाको गोसाइँस्थान मन्दिरमा आई पूजाआजा र दर्शन गर्छन् ।

मेलामा ब्राह्मणको हातबाट जनै लगाउने, रक्षाबन्धन गर्नेहरूको पनि उत्तिकै भिड लाग्छ । मेला भर्न काभ्रेको विभिन्न स्थानका साथै काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुलीलगायत जिल्लाका भक्तजन आइपुगेका छन् ।

हरेक वर्ष लाग्ने जनैपूर्णिमाको मेला, यसपटक कोरोना संक्रमणको सन्त्रासका कारण नगरपालिका र गोसाइँस्थान संरक्षण समितिले औपचारिक रूपमा नमनाउने निर्णय गरेका थिए । विज्ञप्ति नै जारी गरेर निर्णय गरेको भए पनि श्रद्धालु भक्तजन भने जान रोकिएनन् । -नयाँपत्रिकाबाट

Facebook Comments