यश कुमार परियार–साउन २१,
२०७७,काभ्रे/

काभ्रेको बनेपा स्थित संघिय प्रहरी कार्यलयमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि २९ जना प्रहरीलाई क्वारेन्टाईनमा राखिएको छ । आज दोलखा जिल्ला वैतेश्वर गाउँपालिका–७ घर भई हाल संघिय प्रहरी कार्यलय बनेपामा कार्यरत २४ वर्षिय महिला र हिजो मंगलबार चितवन जिल्ला माडि नगरपालिका–८ घर भई हाल बनेपामा कार्यरत ३० वर्षिय पुरुष प्रहरी कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि प्रहरीहरुलाई क्वारेन्टाईनमा राखिएको बनेपा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सत्यश्वर मकैले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका २ प्रहरीको सम्पर्कमा आएका ८ जनाको कन्ट्रयाक ट्रेसिङ गरी स्वाव संकलन गरिएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३० पुगेको छ भने २७ जना उपचार पछि डिस्चार्ज भएर घर फर्किसकेका छन् । ३ जनाको भने धुलिखेल अस्पतालको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

Facebook Comments