रोशी सहकर्मी–साउन २१,
२०७७,काभ्रे/

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरुमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै विभिन्न नाका हुँदै काठमाडौं भित्रिनेहरुको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाव संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको छ ।

उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरुलाई पनि रोक लगाइएको छ । प्रहरीले आज पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरु सबैलाई फर्काएको छ ।

उपत्यका भित्रिने भक्तपुरको साँगा नाकामा आज अपरान्ह ४ बजे सम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारवाही गरेको छ । साथै पास नभएका गाडीहरुलाई फिर्ता पठाइएको छ । त्यस्तै उपत्यका प्रवेश गर्ने नाका साँगा हुँदै काठमाडौं भित्रिने पास विनाका गाडीहरुलाई फिर्ता गरिएको छ भने मास्क नलगाई यात्रा गर्ने र पैदल यात्रुहरु कारवाही परेका छन् ।

Facebook Comments Box