रोशी सहकर्मी–साउन २२,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज मात्रै ३ जना कोरोना संक्रमित थपिएका छन् । आज बिहानी पख एक जनामा कोरोना पुष्टि भएपनि बेलुका पख बनेपामा र धुलिखेलका अन्य दुई जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार बिहानीपख बारा जिल्ला बिश्रामपुर घर भई बनेपा नगरपालिका स्थित जनगालमा मोटर ग्यारेजमा कार्य गर्ने २० बर्षिय युवामा पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो भने बेलुकी पख बनेपा नगरपालिका वडा नं १ का २९ बर्षीय पुरुष र धुलिखेल नगरपालिका वडा नं ७ की ४४ बर्षीय महिलाको पिसिआर रिपोर्ट अनुसार कोरोना पुष्टि भएको हो । यो सँगै आज काभ्रेमा तीन जनामा कोरोना पुष्टि भएको छ ।

२ जनालाई धुलिखेल अस्पतालमा लगिएको छ भने १ जनालाई शिर मेमोरियल अस्पताल लाने तयारी भईरहेको बताईएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । ति मध्ये निको हुनेको संख्या २७ रहेको छ ।

Facebook Comments