रोशी सहकर्मी–कार्तिक २४,
पनौती/

जिल्लाको पनौती नगरपालिका वडा नं. ८ नयाँबस्ति बगरमा पनौती कृषि फार्म सञ्चालन गरी मनग्य आम्दानी गरिरहेका छन् । खानीखोला गाउँपालिका वडा नं. २ घर भएका पाख्रिन र समशेर राना मगर, बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङवेशीका रमेश स्याङतान र महाभारत गाउँपालिका वडा नं. ६ का रिजन मगरले संयुक्त रुपमा पनौती कृषि फार्म सञ्चालन गरी आम्दानी लिन थालेका हुन् ।
नेकपाका जिल्ला सदस्य रहेका पाख्रिन पार्टीको जिम्मेवारीसंगै पछिल्लो समयमा तरकारी खेतीमा ब्यस्त हुँदै हिजोआज च्याउ फलाएर बजारीकरणको लागि ब्यस्त रहेका हुन् । उहाँले विगत तीन बर्ष अघिदेखि आम्दानीको स्रोतमा कृषि पेशालाई अंगाल्दै अर्थोपार्जनमा लाग्नुभएको हो । अहिले उहाँको फार्ममा विशेष गरी च्याउ उत्पादन गरिरहेको छ । शुरुमा उहाँ र बेथानचोक गाउँपालिका वडा नं. १ च्याम्राङवेशीका रमेश स्याङतान सहितको साझेदारीमा सञ्चालन गर्दै आएको भएपनि अहिले अर्को दुई जना रिजन मगर र समशेर राना मगर थपेर चार जनाले च्याउ खेती शुरु गर्नुभएको हो ।
करिब तीन रोपनी जग्गामा नौ लाख लगानीमा मिलेर सञ्चालन गरेको खेतीमा जिम्मेवारी समेत बाँडफाँट गरे काम गरिरहनुभएको छ । मिना पाख्रीन विशेषगरी टहरामा भएको च्याउ उत्पादनको बल रेखदेख गर्ने र फलेको च्याउन टिप्ने गर्नुहुन्छ । अर्का साझेदारी समशेर प्राविधिक पाटोको काममा र रिजन र रमेश उत्पादन भएको च्याउ बजारमा पु¥याउने गर्नुभएको छ । एक महिना अगाडी शुरु गरेको काम अहिले धमाधम उत्पादन भएर विक्री भईरहेको छ ।
च्याउ अहिले फल्न शुरु गरेको र अहिले दैनिक रुपमा एउटै टनेलमा ७०÷८० केजी मात्रै उत्पादन भईरहेको उनीहरुको भनाई छ । अबको केही दिनमा नै सबै टनेलमा फल्न थालेपछि ८ सय देखि हजार केजिसम्म फल्ने सञ्चालकहरु बताउँछन् ।
अर्का सञ्चालन समशेर राना मगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेको बताउनुभयो । उहाँहरुले ११ वटा टनेलमा दूई हजार सात सय वटा बल राखेर च्याउ खेती गरिरहनुभएको छ । च्याउ खेती अलि जोखिम काम भएपछि आम्दानी राम्रो रहेको उहाँहरुको भनाई छ ।

Facebook Comments