यश कुमार परियार-साउन २४,
२०७७,काभ्रे/

पनौती नगरपलिका वडा नं ३ का ३७ वर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पनौती नगरपालिकाका मेयर भिम न्यौपानेका अनुसार अहिले उक्त क्षेत्रमा आवात जावात बन्द गरीएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिहरुको नगरपालिकाबाट कन्ट्या ट्रेसिंग र स्वाब संकलनको कार्य भईरहेको मेयर न्यौपानेले जानकारी दिए । सोको नतिजा नआए सम्म उक्त क्षेत्र भित्र आवत जावत नगर्न र सुरक्षित रुपमा आआफ्नो घरमा होम क्वारेन्टाइनमा बसिदिनु हुन पनौती नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

यो संगै काभ्रेमा आज मात्रै ७ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । आज बनेपा नगरपालिकामा रहेको संघीय प्रहरी इकाईमा कार्यरत पाँच प्रहरी र बनेपा मै रहेको शिर मेमोरियल अस्पतालमा कार्यरत एक स्वास्थ्य कर्मीलाई कोरोना पुष्टि भईसकेको छ । संक्रमितहरुलाई धुलिखेल र बनेपा अस्पतालको आइसोलेसन वार्डमा राखिएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी दिए ।

Facebook Comments Box