रोशी सहकर्मी–साउन २५,
२०७७,कटुन्जेबेशी/

बुद्धचित्त दाना टिप्ने समय सुरु भएसँगै हुने झैझगडा र साँधसधियारको मुद्धाले रोशी गाउँपालिका आजित भएपछि त्यसको व्यवस्थापन गर्न कार्यविधि नै बनाउन बाध्य भयो । महङ्गो मूल्यमा दाना बिक्री हुने भएपछि व्यापारीहरु बीचको अस्वस्थ प्रतिस्प्रर्धा रोक्न गाउँपालिकाले बनाएको कार्यविधिले बुद्धचित्त धनिलाई फाईदा भयो । तर त्यस कार्यविधिले व्यापारीको भने टाउको दुखाई भयो । कारण थियो, एउटै व्यक्तीले तीन चार बर्षसम्म किन्न नपाउने ।

यही कारणले यो बर्षमा पनि समस्या ल्यायो । गत चैत ७ गते बसेको कार्यपालिका वैठकले कार्यविधि स्वीकृत गरेको थियो । त्यही आधारमा गाउँपालिकाले काम गर्न सुरु ग¥यो । तर रोशी गाउँपालिका वडा न ५ सिसाखानीका आईते सिं थिङको बोटमा भने समस्या आयो । उहाँसँग निमा तामाङले २०७५ साल मै तीन बर्षका लागि बोट किनेको भन्दै दाबी गर्न आए । तर थिङले गाउँपालिकाको कार्यविधिमा रहेर काम गर्ने बताएपछि विवाद बढ्न थाल्यो । विवाद यहाँसम्म पुग्यो की न्यायीक समिति हुँदै जिल्ला अदालत सम्म पुग्यो ।

निमा तामाङले केही युटुवर ल्याएर रोशी गाउँपालिका अध्यक्ष डीबी लामा, उपाध्यक्ष लक्ष्मीकुमारी बर्तौला र प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल बिरुद्ध लेख्न लगाए, बोल्न लगाए । तर गाउँपालिकाले सफा नियतले गरेको कामको स्थानीयले स्वागत गरे । व्यापारीको मनलाग्दी मूल्य, एउटै बुद्धचितको बोट परिवारका सबैले बेचविखन गर्दा हुने झै झगडा मात्र कम गरेको छैनन, वडाको रोहवरमा हुने बेचबिखनले स्थानीयलाई सुरक्षित समेत गराएको स्थानीयको भनाई छ ।

के थियो त बास्तविकता ?

रोशी गाउँपालिकामा करोडौ मूल्यको बुद्धचित बिक्री हुने गरेको छ । यसको संरक्षण व्यवस्थापन गर्न गाउँपालिकाले जुन बर्ष फल्छ त्यही बर्ष किन्न पाउने र एक व्यक्तीले लगातार एउटै रुख किन्न नपाउने कार्यविधिबाट नीति गत निर्णय गराएको थियो । यस नीतिले निमाले किन्न पाएनन । यसपछि निमा की श्रीमती जयन्ती मैया खड्की (लामा), रोशी गाउँपालिका ५ कै भीमबहादुर लामा र चेकबहादुर लामाले करार सम्झौता गरेका थिए ।

वडा न ५ का वडा अध्यक्ष तीर्थ लामाको रोहवरमा तीन जनाले करार सम्झौता गरेका थिए । उनीहरुले २२ लाख पचास हजारमा किनेका थिए । पीडित बुद्धचित धनीले न्यायीक समितिमा निवेदन दर्ता गराए । पटक पटक छलफलका लागि न्यायीक समितिले बोलाउँदा पनि दुबै पक्ष नआएको न्यायीक समिति संयोजक एवम् उपाध्यक्ष लक्ष्मी बर्तौला उप्रेतीले जानकारी दिनुभयो । ‘हामीले पटकपटक छलफलका लागि बोलायौ तर उहाँहरु आउनु नभएपछि जिल्ला अदालत जान सुझाव दिएका हौँ ।’

जयन्तीले जिल्ला अदालतमा करार नाममा सम्झौता गरि पाउ भनि निवेदन दिएकी छन । मुद्धा विचाराधिन रहेको छ । तर जग्गाधनीले गाउँपालिकाको कार्याविधिको बुद्धा न ३ मा रहेर दाना टिप्न ढिला हुँदा कुहिने भन्दै तेस्रो पक्षलाई दाना बिक्री गरेका छन । तेस्रो पक्षले ४५ लाख रुपियाँमा दाना किने छ । जब की दोस्रो पक्ष जयन्तीको टिमले २२ लाखमा किने थियो ।

गाउँपालिका कार्यविधिले यसो भन्छ :

बार्षिक रुपमा बोधिचित्त मालाको बिक्री वितरण शुरु गर्नुपूर्व वडा कार्यालयको रोहवरमा सम्झौता गर्नुपर्ने छ । यसरी गरिएको सम्झौता एक बर्ष भन्दा बढी अवधि हुने छैन । अनुमती नलिइ बिक्री वितरण गरेको एवम् एउटा जग्गाको पुर्जा देखाइ अन्यत्रको विक्री वितरण गरेको तथा एउटाले खरीद सम्झौता गरेको अर्कैले बिक्री गरेको पाइएमा गाउँपालिकाले जुनसुकै बखत कारवाहीका लागि सिफारिस गर्ने छ ।

वडा कार्यालयले कुनै पक्षसँग सम्झौता भएपछि अर्कौ व्यक्ती वा संस्थासँग सम्झौता नहुने कुुराको सुनिश्चितता गराउनुपर्ने छ । सम्झौता पछि उक्त स्थलको सुरक्षा व्यवस्था मिलाउने दायित्व वडा कार्यालय एवम् गाउँपालिकाको हुने छ ।

Facebook Comments