रोशी सहकर्मी–साउन २५,
२०७७,काभ्रे/

साउन २७ गतेदेखी काभ्रेपलाञ्चोक जिल्लाका छ वटा नगरपालिकाका नागरिकले तीन कार्यालयबाट तीन दिन मात्र सेवा पाउने भएका छन । कोरोना भाइरसको जोखिम बढ्दैले बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय, काभ्रे, मालपोत कार्यालय र नापी कार्यालयले हप्ताको तीन दिन मात्र सेवा दिने भएका हुन ।

जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रले मंगलबारबाट लागु हुनेगरी उक्त निर्णय गरेको हो । जिल्ला स्तरीय संकट ब्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जिल्लाका रहेका छ वटा नगरपालिकालाई तीन/तीन दिन सेवा दिने गरी निर्णय गरिएको बताउनुभयो ।

उहाँका अनुसार आइतबार, मंगलबार र बिहीबार धुलिखेल, पाँचखाल र पनौती नगरपालिकाका नागरिकले सेवा लिन पाउने छन । त्यस्तै सोमबार, बुधबार र शुक्रबार बनेपा, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाका नागरिकले सेवा लिने छन । तर गाउँपालिकालाई भने यो नियम लागू नहुने बैठकले निर्णय गरेको छ ।

बैठकले बनेपामा रहेको शिर मेमोरियल अस्पताललाई लेभल ३ को कोभिड अस्पतालको मान्यताका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ । त्यस्तै जिल्लाको बनेपा नगरपालिका जनगालमा रहेको सङघीय प्रहरी इकाई शिल गर्ने निर्णय गरेको छ । सात जना प्रहरीमा कोरोना देखिएको र अन्यको स्वाव संकलन भएर पिसिआर परीक्षण भइरहेकाले शिल गरिएको जनाइएको छ ।

Facebook Comments