रोशी सहकर्मी–साउन २५,
२०७७,काभ्रे/

बागमती प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले वन संरक्षण, सम्बर्धन र सदुपयोग गर्नु नै हाम्रो प्रमुख दायित्व रहेको बताएका छन् । सामुदायिक वन राष्ट्रिय दिवस २०७७ को अवसरमा बनेपामा आयोजित मानव वन्यजन्तु द्धन्द्धका सवालमाथि अन्तरकृया तथा वृक्षारोपण कार्यक्रममा मन्त्री नेपालले यस्तो बताएका हुन् । उनले वनको उपयोग सही ढंगले गर्नुपर्ने बताउन्दै वन संरक्षणका लागि वृक्षरोपण गर्नु अतिआवश्यक रहेको बताए । वनमा फलफूल, जडिबुटी, काँठजन्य बिरुवा रोपेमा यसबाट आम्दानी पनि गर्न सक्ने बताए ।

उनले प्रदेशमा वृक्षरोपणको काप तिव्र गतिमा गरीने बताए । त्यसका लागि अहिले प्रदेश सरकारले काठमाडौँ र हेटौडामा हाइटेक (आधुनिक) नर्सरी बनाउने तयारी गरेको छ नर्सरीबाट वार्षिक १० लाख बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादन भएका ८० प्रतिशत बिरुवाले तत्काल उत्पादन दिने खालका हुने उनले बताए ।

सामुदायिक वन राष्ट्रिय दिवस २०७७ को अवसरमा आज (आइतबार) बनेपामा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेश र डिभिजन वन कार्यालय काभ्रेको संयुक्त रुपमा आयोजित कार्यक्रममा बागमती प्रदेशका सदस्य द्धय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई, जिल्ला समवन्य प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष बिनोद सापकोटा, डिभिजन वन कार्यालय काभ्रेका प्रमुख देविचन्द्र पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments