रोशी सहकर्मी–साउन २६,
२०७७,काभ्रे/

शान्ति जन आदर्श सेवा केन्द्रले पनौती नगरपालिकामा स्थापित क्वारेन्टाईनमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्वारेन्टाईन स्थलमा आयोजित एक कार्यक्रमका बिच शान्ति जन आदर्शका अध्यक्ष शंख बुद्ध लामाले नगर उपप्रमुख श्री गीता बन्जारालाई २० थान मेडिकल वेड र ५० थान हाइजिन किट हस्ताण्तरण गरेका हुन् ।

पनौती नगरपालिकामा संचालित कोभिड–१९ प्रतिकार्य कार्यक्रम अन्तरर्गत सि.आर.एस. नेपाल र शान्ति जन आदर्श सेवा केन्द्रको साझेदारीमा स्वास्थ्य तथा सरसफाईमा सहयोग पुराउने उद्देश्यले इन्द्रेश्वर मा.वि.को क्वारेन्टाइनमा बस्ने व्यक्तिहरुको निमित्त स्वास्थ्य सामग्री सहयोग गरिएको सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले बताए ।

कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत श्री हरि प्रसाद चापागाईं, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments