रोशी सहकर्मी–साउन २६,
२०७७,काभ्रे/

काभ्रेपलाञ्चोक जिल्लामा कोरोना भाईरसबाट पहिलो व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचखाल नगरपालिका वडा नम्वर १ अनेकोट साविक अनेकोट गाविस पुरानो गाविस भवन गँगले टोल घर भएकी ५० बर्षिया महिला रहेकि छन् ।

आइतबार सिकिस्त अवस्थामा भर्ना भएकी उनको काठमाडौको किस्ट अस्पतालको आइसीयुमा राखेर उपचार गरीएको थियो । महिलालाई निमोनिया तथा छातिको समस्या देखिएको थियो । आईसीयुमा उपचारार्थ महिलाको सोमबार विहान ९ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. सुरज बज्राचार्यले जानकारी दिए । निधन भए पछि महिलाको कोरोना परिक्षण गरिएको थियो । परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

पाँचखाल नगरपालिका वडा नम्वर २ का अध्यक्ष हरि खतिवडाले भने असार २४ गते शनिबार सामान्य ज्वरो र छाती दुखेको भन्दै ट्याक्सिबाट घर देखि पाटन अस्पतालमा लगिएको जानकारी प्राप्त भएको बताए । तीन छोरी र दुई छोरा रहेका महिलाका घरमा कहिलेकाँहि काठमाडौबाट छोरा छोरीका साथिहरु आउने अन्यथा त्यो बाहेक घरमा कोहि नआएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

अहिले मृतक महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गर्न सम्बन्धित स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताए । मृतक महिलाको सम्पर्कमा भएका ब्यक्तिहरुको कन्ट्याक टे«सिङ गर्ने र थप संक्रमण फैलन नदिन आवशयक कदम चाल्ने वडा नं २ का अध्यक्ष हरि खतिवडा र वडा नं १ आ अध्यक्ष अष्टमान लामाले जानकारी दिए ।

काभ्रेपलाञ्चोक जिल्लामा आज मात्रै ५ जनामा कोरोना पुष्टि भएको छ भने २७ जना निको भएर घर फर्किएका छन् । काभ्रेमा आज सम्म कोरोना संक्रमितको संख्या ४८ पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।

Facebook Comments Box