रोशी सहकर्मी–साउन २७,
२०७७,काभ्रे/

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । उनले, आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् ।

कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले, स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ ।

निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।

झापाको सुरुङ्गामा जन्मिएका निशान भट्टराई नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनअप भएपछि देशविदेशमा चर्चा बटुलेका थिए । उनले विश्वका विभिन्न देशहरुमा आफ्नो सांङ्गेतिक प्रस्तुती दिइसकेका छन् । नेपाल आइडलमा आउनुभन्दा अगाडी भट्टराईले होटलहरुमा गीत गाउने काम गर्दथे ।

Facebook Comments