रोशी सहकर्मी–भदौ ५,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा १ सय ४ जनामा कोरोना संक्रमण देखिएको छ । आज १ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै काभ्रेमा कोरोना संत्रमितको संख्या १ सय ४ पुगेको हो । स्वास्थय कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्र कुमार झाका अनुसार संक्रमित धुलिखेल खानेपानी उपभोक्ता समितिमा कार्यरत २६ वर्षिय महिला रहेकि छन् । हिजो स्पाईनल ईन्जुरी अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो ।

जिल्लामा आज सम्म ३८ जना कोरोना संक्रमित संक्रमित निको भएर घर फर्किएका छन् । ६४ जनालाई विभिन्न अस्पताल र होम आइसोलेसनमा राखिएको छ । जिल्ला भर संक्रमित भएका मध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भईसकेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमण फैलिइए यता काभ्रेमा मात्रै ५ हजार भन्दा बढी व्यक्तिको स्वाब संकलन गरी कोरोना भाइरसको परीक्षण गरिएको छ । जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार आजसम्ममा ५ हजार ६ सय ६८ जनाको स्वाब संकलन गरी कोरोना भाइरसको परीक्षण गरिएको छ । यसरी कोरोना भाइरस परीक्षण गर्नेमा विदेशबाट आएका र संक्रमितको सम्पर्कमा आएका ब्यक्ति धेरै छन् ।

Facebook Comments