रोशी सहकर्मी–भदौ ५,
२०७७,सिन्धुली/

सिन्धुलीको दुई गाउँपालिकाले सिन्धुपाल्चोकको लिदि पहिरो पिडितलाई सहयोग गरेको छ । मरिण गाँउपालिका र हरिहरपुरगढी गाँउपालिकाले सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२ लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको हो ।

जुगल गाँउपालिकाको विपद व्यवस्थापन कोषमा सङकलन हुने गरी हिजो दुई लाख ८५ हजार रुपिया सहयोग गरेको मरिण गाँउपालिकाले जनाएको छ ।

व्यक्तिगत रुपमा खर्च व्यहोरेर हेलिकोप्टर चढेर जुगल गाँउपालिका पुगी त्यहाको गाँउपालिका उपाध्यक्ष सिर्जना तमाङलाई रकम हस्तान्तरण गरेको गाँउपालिकाका प्रमुख पानीराज बम्जनले जानकारी दिनुभयो ।

Facebook Comments