रोशी सहकर्मी–भदौ ६,
२०७७,सिन्धुली/

सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित एपोलो अस्पतालमा उपचार गराई रहेका कोरोना संक्रमित बिरामीले चुरोट खान मदिरा सेवन गरेको व्यक्तिलाई प्रयोग गरेको पाईएको छ । आज बिहान उक्त अस्पतालका बिरामीले समुदायमा खुल्ला रुपमा मदिरा सेवन गरी हिडेको व्यक्तिलाई चुरोट किन्न लगाएको उक्त वडाका सदस्य लोकबिक्रम थापाले जानकारी दिनुभयो ।

उनका अनुसार कोरानाका बिरामीले चुरोट किन्न अस्पतालको पछाडी झ्यालबाट पैसा फालेर उक्त मदिरा सेवन गरेको व्यक्तिलाई दिएका थिए । त्यो व्यक्तिले चुरोट किनेर झ्यालबाट दिएको हो । उक्त कार्यले समुदायका व्यक्ति त्रसित बनेका छन् ।

पैसाबाट पनि कोरोना भाईरस सर्ने भएकाले समुदायमा त्रास फैलिएको स्थानीयको भनाई छ । उक्त अस्पतालमा ११ जना नेपाली सेनाका सुरक्षाकर्मी सुरक्षाका लागि र चार जना स्वास्थ्यकर्मी बिरामीको उपचारका लागि बसेको भएपनि ती बिरामीले उनीहरुको आँखा छलेर समेत चुरोट किन्न भ्याएको स्थानीयले बताएका छन् ।

Facebook Comments Box