रोशी सहकर्मी–भदौ ८,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज १ जनामा कोरोना पुष्टि भएको छ । पनौती नगरपालिका वडा नं ४ निवासी ९ वर्षिय बालकको आकस्मिक शल्यक्रिया गर्ने क्रममा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हाल निजी आवासमा नै रहेको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्र कुमार झाले जानकारी दिए । काभ्रेमा आज साँझ सम्म १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काभ्रेमा हालसम्म ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला कमाण्ड पोष्टका अनुसार जिल्लामा अहिले ८० जना ब्यक्ति विभिन्न अस्पताल तथा हाम आइसोलेसनमा बिसिरहेका छन् ।

जिल्लामा आइसोलेसन वेडको संख्या १ सय ६ पुगेको छ । सबैभन्दा बढी बनेपा नगरपालिकामा ५६ वेडको आइसोलेसन वेड रहेको छ । धुलिखेलमा ३१, पनौती ६, पाँचखालमा ७ र नमोबुद्ध नगरपालिकामा ६ वेडको आइसोलेसन वेड रहेको छ । जिल्लामा ८४५ वेडको क्वारेन्टाइन रहेको छ ।

Facebook Comments